दफा ३क
स्वीकृति लिनु पर्ने

(१) कसैले पनि आफूसँग भएको निजी उपयोगको हातहतियार वा खरखजाना प्रचलित कानून बमोजिम निषेध गरेको अवस्थामा बाहेक अन्य व्यक्तिलाई बिक्री वा हस्तान्तरण गर्नु पर्दा खरिद गर्ने वा प्राप्त गर्ने व्यक्तिको नाम, थर, ठेगाना र नागरिकता नम्बर उल्लेख गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनु पर्नेछ ।

(२) उपदफा (१) विपरीत काम गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।